कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ।फाइल तस्विर/खबरब्रेक

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले मंसिर ४ गते हुने संघ र प्रदेशमा आफु उम्मेद्वार बन्न तयारी अवस्थामा रहेको बताएका छन् ।

निर्वाचनको तयारी अवस्थाको बारेमा खबरब्रेक संग कुरा गर्दै सभापति लामाले आफु संघ या प्रदेश सदस्यमा निर्वाचनमा उठ्ने बताए ।

सभापाति लामाले आफु पनि संघ या प्रदेश सदस्य उम्मेद्वारको आंकाक्षी भएको र पार्टीले जहाँबाट उम्मेद्वार बनाउँछ त्यसको लागि आफु तयारी अवस्थामा रहेको समेत बताए ।

लामाले २०७४ मा पनि प्रदेश सदस्यको लागि तयारी गरेका थिए तर पार्टीको निर्णय अनुसार ब्याक भएका थिए ।

सभापाति लामाले पार्टीले अब निर्वाचन केन्द्रित कार्यक्रम सुरु गर्ने तयारी गरेको बताए । ‘घरघर जाँउ,कांग्रेस जिताउ अभियानकै स्वरुपमा फेरि हामी टोल,वस्तीमा पुग्छौ । लामाले भने,गठबन्धनको प्रकिया कसरि आउँछ ,त्यसलाई परिचालन गर्नको लागि छलफल गर्दै छौ ।’

‘केन्द्रले गठबन्धनको विषयमा आवश्यक छलफल प्रकिया अघि बढाईसकेको छ । मकवानपुरको हकमा यो क्षेत्र र त्यो क्षेत्र भाग भन्ने छुट्टाएको छैन् । जिल्लामा हालसम्म सत्ता गठबन्धनको औपचारिक कुनै बैठक बसेको छैन् । माथिबाट केहिपनि निर्देशित भएको छैन् । सभापति लामाले भने, निर्देशित भएपछि बैठक बस्छौ । त्यही अनुसारको संघ र प्रदेशको चुनावको बारेमा आ आफ्नो पार्टीबाट सिफारिस गर्छौ ।’