File photo

हेटौंडा । नेपालमा आज थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार बिहिबार ४ हजार ९३० जनामा गरिएको परीक्षणमा थप ५४२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ५ हजार २६५ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.