हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नंबर ७ कोथलीटारका स्थानीय रुपेश तामाङ न कुनै सेलीब्रेटी हुन् न कुनै पार्टीका नेता नै । उनि हुन् दैनिकी परिवार चलाउन सवारी चालकको पेशा गर्ने २६ वर्षीय नागरिक । तर केहिदिन अघि उनले सामाजिक संजाल टिकटकमा पोस्ट गरेका एक भिडिओ क्लिप सेलीब्रेटी र नेताको भाषणको भाइरल भिडिओ क्लिप भन्दा कम छैन् ।

उक्त भिडिओले अहिले सामाजिक संजाल तताई रहेको मात्रै छैन् अधिकांशको ध्यान त्यहीतिर खिचेको छ । भिडिओले दृश्यले धेरैलाई दुःखी समेत बनाईरहेको छ । विकट गाउँमा सामान्य हिँडडुल गर्न सडक र खोला तर्न पुल समेत नहुँदा ज्याननै जोखिममा राखेर हिड्नुपर्ने बाध्यता रहेको भिडिओले देखाएको छ । रुपेशको भिडिओ क्लिपमा एक पुरुषले बच्चालाई पछ्यौराले आफ्नो पिठ्युमा बाँधेर खोला तर्न तरखर गर्दै थिए भने अर्का पुरुष र महिलाले बच्चालाई सजिलो संग पिठ्युमा राख्न सघाईरहेका थिए ।

@rupeshtamong

#vaira video

♬ original sound – Pratap Jung Bista

बच्चालाई पिठ्युमा बोकेर पुरुषले एक्लै खोला तर्न सुरु गरेपछि खोलाको बिचबिचमै नपुग्दै उनलाई डुबाउँन लाग्दा खोला पारी र वारी बसेका अर्का दुई पुरुषहरु सघाँउन खोलाभित्र पस्छन् र संगै हात समातेर खोला तराउँछन। ‘यो दृश्य कैलाशको नागछेडा को हो । ९ महिनाको बच्चालाई यसरी काँधमा राखेर खोला तरेर उपचार गर्नको लागि कालिकाटार लानुपर्ने बाध्यता’ भिडिओ क्लिपमा लेखिएको छ ।

तामाङले आफ्नो गाउँमा सडक र पुल नहुँदा यहाँका स्थानीयले दैनिक भोग्नु परेको बाध्यतालाई टिकटक भिडिओ मार्फत देखाईएको बताए । उनले पहिलो पटक उक्त भिडिओको आवज परिवर्तन नगरि जस्ताको तेस्तै टिकटकमा राख्दा टिकटकले रोकेको र पछि आवज हटाएर अन्य नेपाली गीतको आवज राखेर पोस्ट गर्दा टिकटकले भिडिओ स्पोर्ट गरेको समेत बताए । ‘समयमै पुग्न स्थानीयहरुले खोला हुँदै हिड्ने गर्छन् । सडकमा पुग्न करिब ५ घण्टा लाग्छ,खोला हुँदै हिँड्दा १ घण्टामै पुग्छौ । तामाङले भने,वर्षायाम मा निकै कष्टकर हुन्छ । हिउँदको बेला खोला खोला हुँदै केहि बस र सिमन्ट खानिका टिपरहरु हिड्ने गर्छन् ।’ तामाङका अनुसार दैनिक ३ सय देखि ४ सय स्थानीयहरु उक्त जोखिमपूर्ण खोला तर्न बाध्य छन् ।

तामाङले खिचेको उक्त टिकटक भिडिओ हालसम्म ३ लाख ६ हजारबढीले हेरेका छन् भने हजारौले कमेन्ट र शेयर गरेका छन् । कतिले त उक्त भिडिओ फेसबुकमा सेयर गर्दै उक्त क्षेत्रका राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सांसदहरुलाई ट्याक र मेन्सन गर्दै प्रश्न समेत गरेका छन् ।

कैलाश र राक्सिाङका स्थानीयलाई वर्खायामको ६ महिना जोगिनै गार्हो
जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकाका स्थानीयहरुलाई वर्षको ६ महिना वर्खायाम निकै कष्टकर हुने गर्दछ् । यहाँका धेरै गाउँहरु भौगोलिक विकटताको कारण हालसम्म पनि सडक संजालसंग जोडिन सकेका छैनन् ।

कैलाश गाउँपालिकाको वडा नंबर ७ र ४ मा पर्ने उक्त नागछेडा खोला जस्तै यहाँका धेरै खोलाहरु वर्षा याममा स्थानीयहरुलाई आफ्नो दैनिकी काम गर्न बाधक बन्ने गरेका छन् । हिउँदको ६ महिना मात्रै सहज तरिकाले आफ्नो कामहरुलाई सहज तरिकाले गर्न सकिने स्थानीय रुपेश तामाङ बताउँछन् । ‘वर्खायामको समयमा यहाँको दुःखको कुरानै नगरौ । ज्यान धरापमा राखेर खोला तर्र्नुपर्ने हुन्छ । यहि वर्खामा यहाँ खोलाले बगाएर एक जना स्थानीयको ज्यान गयो । तामाङले भने,वर्षेनै वर्खा याममा जोगिएर हिड्नुपर्छ । खोलाबाट जोगिन गार्हो छ । बुझ्नेले न बाटो बनाउन पहल गर्छन् न पुलनै ।’

फेरि उही क्षेत्रबाट उठ्ने तयारीमा छन् पूर्व मन्त्री देखि सांसदसम्म
२०७२ मा संविधान जारी भएपछि ७४ मा अर्थात ५ वर्षअघि भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भयो । जसमा कैलाश र राक्सिराङसमेत पर्ने मकवानपुर क्षेत्र नंबर २ बाट तत्कालिन नेकपा एमाले र नेकपा माओवादी तालमेलबाट उम्मेद्वार बनेका विरोध खतिवडा विजयी बन्दै मन्त्री समेत बने ।

खतिवडासंगै नेपाली कांग्रेसबाट हालका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बाँनिया पनि सोहि क्षेत्र अन्तर्गतको २ ‘ख’ मा प्रदेश सभा सदस्य विजयी भएका थिए । खतिवडा एमाले परित्याग गर्दै अहिले सत्तारुढ नयाँ पार्टी नेकपा एसमा आबद्ध छन् भने बाँनिया कांग्रेसमै छन्।

आउँदो मंसिर ४ गते हुने निर्वाचनको लागि खतिवडा सत्ता गठबन्धनबाट क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्यको लागि तयारी गरिरहेका छन् भने बाँनिया क्षेत्र नंबर १ बाट प्रतिनिधि सदस्यको लागि तयारी गरिरहेका छन् । सत्ता गठबन्धनका सांसदहरुले फेरि निर्वाचनमा आफै उठ्ने तयारी गरिराख्दा विकट गाउँपालिका कैलाश र राक्सिराङका स्थानीयहरु भने वर्षौ अघिदेखि सडक र पुल नहुँदा दैनिकी आउने समस्याहरु संग जुधिरहेका छन्।