हेटौँडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा यतिबेला नेपालका प्रमुख राजनीतिक दल तथा स्वतन्त्र ब्यक्तिहरु लागिपरेका छन् । चुनावी तयारीको लागि पार्टी कमिटिहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छन भने केहि नेताहरुले सामजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्वार घोषणा समेत गरिरहेका छन् ।

सोहि सन्र्दभमा नेपाली कांग्रेसका नेता भरत पराजुलीले मकवानपुर क्षेत्र नंबर २ ‘ख’ बाट उम्मेद्वार रहने बताएका छन् । नेपाली कांग्रेसका पुराना नेता समेत रहेका पराजुली २०४८ सालमानै क्रियाशिल सदस्य प्राप्त गरेका नेता हुन् । २०५४ सालमा हाँडिखोला गाविस अध्यक्ष भएका पराजुली तीन पटक कांग्रेसको महासमिति सदस्य समेत भैसकेका छन् । देश संघियतामा गएर राज्य पुर्नसंरचना हुँदा बनेको मनहरी गाउँपालिकाको संथापक सभापति समेत रहेका पराजुलीलाई कांग्रेस बृत्तमा त्यागी नेताको रुपमा लिने गरिएको छ ।

उनले आगामी मंसिर ४ लाई लक्षित गर्दै सामजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ जय नेपाल, आफ्नो जन्मभूमि र कर्मभूमिबाट म पनि उठने हो है ।’ पराजुलीले घोषणा गरेको क्षेत्रबाट यसअघि नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ बिजयी भएका थिए ।