No description available.

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) को केन्द्रीय सदस्यमा मकवानपुरका अनिल अर्याल मनोनित भएका छन् ।

राप्रपा भातृ संगठन राप्रयुसं केन्द्रीय अध्यक्ष फणिराज लोहनीले अर्याललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

नवनियुक्त अर्यालले आफुले पाएको जिम्मेवारी कुसलता पुर्वक निर्बाह गर्ने बताएका छन्।

देश र जनताको हितमा समर्पित भएर सशक्त संगठनको रुपमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनलाई स्थापित गराउन लागिपर्ने पनि उनको भनाई छ ।