हेटौंडा । नेपाल मगर संघ मकवानपुर जिल्ला समन्वय समितिको जिल्ला अधिवेशन भोलि शुक्रबार र शनिबार हेटौंडामा हुने भएको छ । संघले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघको १३ औं जिल्ला अधिवेशन भोलिबाट सुरु हुने जानकारी दिएको हो ।

संघका अध्यक्ष होमबहादुर मगरले दुई दिन हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको समेत बताएका छन् । उनले मकवानपुरका दशवटै स्थानीय तहका ३/३ जना गरि प्रतिनिधि ४५ जना गरी अधिवेशनमा तीन सय जनाको सहभागिता हुने जानकारी गराएका थिए ।

केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख अतिथ्यतामा हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । विधान अनुरुप २५ सदस्यीय बन्नेछ जसमा ६ जना मनोनित सदस्य गरिने बताईएको । २०६८ को जनसंख्या अनुसार जिल्लामा मगरहरुको जनसंख्या १८ हजार रहेको छ ।