हेटौँडा । सरकारले प्रतिनिसधसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषँणा गरेसँगै मकवानपुरबाट को–को निर्वाचनमा भाग लिन्छन भन्ने चर्चा सुरु भएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नंबर २ मा गठवन्धन र एमालेबिच दुईपक्षिय भिण्डन्तको संभावना देखिएको छ ।
यो पटकको निर्वाचन गठवन्धन विरुद्ध एमाले हुने देखिएसँगै क्षेत्र नंबर २ मा को–को प्रतिस्पर्धाको चर्चामा छन भन्ने आम चासोको विषय बनेको छ । क्षेत्र नंबर २ बाट गठवन्धनमा उम्मेद्वार छान्न खासै सकस नदेखिने संभावना रहेको छ ।

गठवन्धनमा रहेको घटक मध्य क्षेत्र नंबर २ मा नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाले टिकट ल्याउने संभावना प्रवल रहेको बताईन्छ । वर्तमान पनि सोहि क्षेत्रका सांसद रहेका खतिवडाले टिकट पाउने करिब निश्चित भएपछि एमालेबाट भने कस्ले टिकट पाउला भन्ने चासोको विषय बनेको हो ।
एमालेबाट उक्त क्षेत्रमा केन्द्रीय सदस्य समेत रहेका रामेश्वर राना, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व संविधानसभा सांसद शुभासचन्द्र ठकुरी तथा युवा नेता तथा वागमती प्रदेशका सह–सचिव महेश बर्तौलाले दाबी गर्नसक्ने देखिन्छ ।

तर यो पटक गठवन्धनलाई हराउनको लागि एमालेले सबैखाले विधिको प्रयोग गर्ने रणनीति अख्तियार गरेको कारण देशभर कम्तीमा ४० प्रतिशत ४० वर्ष मुनिका उम्मेद्वार बनाउँदा म्यासेज पनि राम्रो जाने र जित्ने संभावना बढने हुँदा महेश बर्तौलाले क्षेत्र नंबर २ मा आफुलाई अब्बल बनाउने संभावना देखिएको छ ।
अनेरास्ववियुबाट राजनीति अघि बढाएका बर्तौला अनेरास्ववियु मकवानपुरको इतिहाँसमा सबैभन्दा सफल र माथिल्लो स्तरसम्म पुगेका नेता समेत हुन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष समेत भैसकेका बर्तौला हाल प्रदेश कमिटिको पदाधिकारी समेत भएको र लाभको कुनैपनि पद नलिएको कारण पनि बलियो दाबेदार देखिएका छन् ।

संभव छ त खतिवडा–बर्तौलाको भिडन्त
कुनै समय एउटै पार्टीमा गुरु–चेलाकाको भूमिकामा रहेका खतिवडा र बर्तौलाले यो पटक फरक–फरक पार्टीको उम्मेद्वारको रुपमा प्रतिनिधित्व गर्दा भिडन्त रोचक देखिने निश्चित छ । चार पटक सांसद भैसकेका खतिवडा र ३८ वर्षका बर्तौलाबिचको भिडन्तले क्षेत्र नंबर २ लाई चर्चामा राख्ने देखिन्छ । एमालेले बर्तौलालाई टिकट दिएको अवस्थामा बर्तामान राजनीतिमा चर्चामा रहेको युवा प्रतिनिधित्वको सबलामा एमाले अघि पक्कै देखिन्छनै । विद्यार्थीकालबाटै लोकप्रिय छबि बनाएका बर्तौलाले प्रतिस्पर्धी खतिवडालाई गठवन्धको बाबजुतपनि पराजित गर्नसक्ने आकलन एमालेका स्थानीय नेताको छ । अहिलेसम्म विवादरहित राजनीति गरेका बर्तोला सबैलाई सहजै ‘रेस्पोन्स’ गर्ने नेता समेत रहेको उक्त क्षेत्रका एमाले नेताहरुको बुझाई छ । अर्कोतर्फ विरोध खतिवडा बेलाबेलामा विवादमा आईरहने ‘क्यारेक्टर’ भएका नेता समेत हुन । त्यसको फाईदा समेत बर्तौलालाई हुनसक्छ ।

तर संसदीय राजनीतिमा ‘चतुर’ खेलाडीको उपमा पाएका खतिवडालाई कम भने आक्न सकिन्न् । निर्वाचनमा अनुभवको महत्वपूर्ण भूमिका हुन्छ त्यो बर्तौला भन्दा खतिवडामा धेरै बढी छ । त्यसको असर बर्तौलालाई पर्नसक्ने विश्लेषण पनि एकातिर छ भने अर्कोतिर मकवानपुरमा अहिले ‘नो नट अगेन’ भन्ने नाराले चर्चा पाउँदै छ यसो हुँदा बर्तोलाई थप सहज हुन्छ ।

नेपाली राजनीतिमा एउटै ब्यक्ति आजिवन सांसद भैरहने, युवाहरुलाई अवसर नदिने ‘महारोग’नै छ । यो रोगको अन्त्य गर्न जरुरी रहेको आवाज बुलन्द भैरहेको सन्र्दभ, स्थानीय तहमा पनि स्वतन्त्र तथा युवाहरुले निर्वाचनमा पुराना नेताहरुलाई सहज पराजित गरेको अवस्थालाई विश्लेषण गर्ने हो भने गठवन्धनका खतिवडालाई युवा नेता बर्तौला भारी पर्ने देखिन्छ । तर यसो हुन एमालेबाट पनि उक्त रोगको शिकारबाट बर्तोला जोगिनुपर्दछ ।