हेटौंडा । लागुऔंषध गाँजा सहित हेटौंडा-१५  का दुई जना पक्राउ परेका छन् ।

बिहिबार दिउँसो विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा-१५ कमाने भोर्लेनीबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा-१५ कमाने भोर्लेनी बस्ने ५६ वर्षीय मंगल सिं बम्जनलाई र २९ वर्षीय कृष्ण थिङ रहेका छन् ।

बम्जनको घरबाट ५ किलो २ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो भने थिङको घरमा ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।