May be an image of 5 people, people standing and outdoors

हेटौँडा । राष्ट्रिय प्रजात्नत्र पार्टी (राप्रपा)ले मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ मा वडा कमिटि निर्माण गरेको छ । आज भएको वडा भेलाले हस्तबहादुर लोप्चनको अध्यक्षतामा ३१ सदस्य कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा मिना सिह ठकुरि, विकाश गुरुङ, रविन्द्र नगरकोटि र सचिवमा रामेश्वर अर्याल, शर्मिला स्याङतान र कोषाध्यक्षमा सन्तोश सिह ठकुरि चयन भएका छन् । भेलामा विभिन्न पार्टी परित्याग गर्दै ७० जना राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहले पार्टी प्रवेश गराएका थिए ।

May be an image of 4 people, people sitting, people standing, tree and outdoors
कार्यक्रममा उपाध्यक्ष शंकरसिह ठकुरि, जिल्ला सह सचिव लक्ष्मण सापकोटा, सचिवालय सदस्य उमेश न्यौपाने, क्षेत्रीय उपाध्यक्ष पशुपति हटुवाल, सचिव विकाश दुलाल, युवा अध्यक्ष विकाश भोम्जनको र पालिका अध्यक्ष जयराम तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।