बागमती प्रदेशका दश वटा जिल्लामा वितेको आर्थिक वर्षमा अपराध सम्वन्धी ४ हजार ४ सय ५ वटा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशका उपत्यका भन्दा बाहेकका दश जिल्लामा अपराधका धेरै मुद्धा दर्ता भएका हुन् ।

दर्ता भएका मुद्धाहरु मध्यमा २ हजार ५ सय ११ वटा मुद्धा मात्र फछच्र्यौट भएको प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेश, हेटौंडाका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । अब बाँकी रहेका १ हजार ८ सय ९४ वटा मुद्धा भने चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वितरेको आर्थिक वर्षमा अपराध सम्वन्धी मुद्धा धेरै दर्ता भएका छन् । प्रदेशका दश जिल्लाहरु मध्यमा सबै भन्दा धेरै चितवन जिल्लामा अपराधका मुद्धा दर्ता भएका छन् ।