हेटौंडा । मकवानपुरे मोडेल उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ ।

मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’ बुधवार हाइलाइट म्युजिक युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा उनिसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राई लगायतको कलाकारहरु देखिएका छन् । भिडियो सार्वजनिक भएको ६ घण्टामा भिडियोलाई ८ सय बढीले हेरीसकेका छन् । केही समय यता टिकटकमा सक्रिय लामा अभिनयमा रुचि राख्थे । सोही टिकटक अभिनयले उनको म्युजिक भिडियोमा आकर्षण बढ्यो ।

आफ्नो पहिलो प्रयासलाई दर्शक श्रोताले माया गर्ने उनको बिश्वास छ । साथै, उनले दर्शक श्रोतामाझ भिडियो हेरीसकेपछि प्रतिक्रियासँगै सुझावको समेत अपेक्षा राखेका छन् । चन्द्रकला राईको स्वरमा सजिएको म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भुमिकामा छन् । त्यस्तै, भिडियोलाई प्रवेश राईले सम्पादन गरेका हुन् ।