सांकेतिक तस्विर

काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा  माल्दिभ्सलाई १-० ले पराजित गर्दै घरेलु टोली भारत फाइनलमा प्रवेश गरेपछि नेपाल बाहिरिएको हो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा गुरकिरत सिंहले ९०औं मिनेटमा विजयी गोल गरे । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनायो । नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो ।