काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपाल बराबरीमा रोकिएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी मा रोकिएको हो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

जितसँगै नेपाल ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा १० अंकसाथ अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेर फाइनल प्रवेश गर्न सफल भएको छ ।