File photo

हेटौंडा । नेपालमा पछिल्लो दिनहरु कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढीरहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा थप ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो ६२० जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप २६४ जनाले संक्रमणलाई जितेका छन् । सोहि समयमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । नेपालमा हाल ४ हजार ९३४ जना सक्रिय संक्रमित उपचाररत छन् ।

No photo description available.