एजेन्सी- इंग्ल्याण्डले महिला युरो-२०२२ को उपाधि जितेको छ। गए राति सम्पन्न भएकाे फाइनलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्याण्ड पहिलाे पटक महिला युराेकाे उपाधि जितेकाे हाे। उसकाे जितमा इला टोनी र च्लोए केलीले एक-एक गोल गरे। जर्मनीका लिना मागुलले एक गोल फर्काइन्। खेलकाे ६२ औँ मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई सुरवाती अग्रता दिलाएकी थिइन्। खेलकाे ७९ औँ मिनेटमा लिनाले गोल गरेपछि जर्मनी बराबरीमा आयाे। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएकाे थियाे। ११० औँ मिनेटमा केलीले गाेल गरी इंग्ल्याण्डलाई विजयी गराइन्।