शुक्रबार पनि नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो। बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ नै बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।