हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ कुत्तासिङबाट ३ किलो ५ सय ग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका चौहानलाई उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका चौहानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्