माओवादी केन्द्रिय समिति बैठक जारी, खुला छलफलमा बोल्न प्रचण्डले दिए २ मिनेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रिय समिति बैठक बसिरहेको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा केहीसमय अघिबाट सुरु भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पोटिङ जारी रहने कार्यसूची छ ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले आफूले प्रस्तुत गरेको प्रतिवेदनमाथि लागेका धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् । आइतबार उनले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल भने नहुने बताएका थिए ।