सांकेतिक तस्विर

हेटौंडा ।मकवानपुरको जंगलमा एक शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नंबर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको प्रहरीले जनाएको छ ।

घलान शनिबारबाट बेपत्ता भएका थिए । खोजि गर्ने क्रममा घलान मृत फेला परेका हुन् । जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।