काठमाडौं । आइभोरी कोस्टमा  तय भएको  अफ्रिका कप अफ नेसन्स  एक वर्षलाई सरेको छ  । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले  मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।

प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ । यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो  ।