साताको तेस्रो दिन अर्थात् मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन ।

सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर ९७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको हो ।