नेपाल प्रहरीको आइजिपीमा वरिष्ठता मिचेर तेस्रो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक(एआइजी)लाई नियुक्ति गरिएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई आइजिपी बनाएपछि असन्तुष्टि जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।सो मुद्दा अहिले हेर्दाहेर्दैमा राखिएको छ। बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाइ बिहीबार हुने अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

एआइजी पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको थियो।