एजेन्सी । आज भारतका लागि विशेष दिन हो। आज भारतले विभिन्न कार्यक्रसाथ आफ्नो ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोभिडका कारण यस वर्षको गणतन्त्र दिवसमा विदेशी आगन्तुक सहभागी भएका छैनन्। प्रस्तुत छ

गणतन्त्र दिवसबारे केही रोचक तथ्यः

भारतमा सन् १९५० देखि सन् १९५४ मा गणतन्त्र दिवसको परेड इरविन रंगशाला (अहिलेको राष्ट्रिय रंगशाला)मा मनाइन्थ्यो।

सन् १९५५ देखि भने गणतन्त्र दिवस राजपथमा मनाउदै आएको छ। कुनै बेला दरबारमार्गसमेत भनिने राजपथ भारतका तत्कालिन सम्राट जर्ज पाँचौको सम्झनामा राखिएको हो। भारत स्वतन्त्र भएपछि मात्र त्यसको नाम राजपथ राखिएको थियो।

हरेक गणतन्त्र दिवसमा विदेशका राष्ट्रप्रमुख वा सरकार प्रमुख अतिथिको रुपमा सहभागी हुने परम्परा छ। सन् १९५० मा पहिलो गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नो प्रमुख अतिथि थिए। सन् १९५१ मा दोस्रो गणतन्त्र दिवसमा नेपालका राज त्रिभुवन वीर विक्रम शाह देव प्रमुख अतिथि थिए। तर, कोभिड महामारीका कारण यस वर्षको गणतन्त्र दिवसमा कुनै विदेशी अतिथिलाई बोलाइएको छैन्। यसअघि पनि कोभिडकै कारण सन् २०१९ र सन् २०२० का गणतन्त्र दिवसमा पनि विदेशी अतिथि बोलाइएको थिएन्।

राजपथमा राष्ट्रपतिको आगमनसँगै परेड सुरु हुन्छ। राष्ट्रपति भवनदेखि इन्डिया गेट हुँदै रेड फोर्टसम्म परेड हुन्छ। त्यसपछि राष्ट्रपतिले झन्डोत्तलन गर्छन्। राष्ट्रिय गानपछि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइन्छ।