

निशा पुडासैनी (दुर्गा) । इतिहासका पाना पल्टाएर हेर्ने हो भने नेपाली महिलाले नेतृत्व मात्रै गरेको छैनन् मुलुक एकिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् । पाल्पामा जन्मेकि राजेन्द्रराज्य लक्ष्मि शाहवंशकी रानी थिइन् । जसले ८ वर्षको नायविकालमा नेपाल एकिकरणको दोस्रो चरणलाई बढाएकी थिईन् । उनि पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहकी पत्नी थिईन् । यसले नारी शक्तिको पुजारी मात्र हैनन् श्रोत पनि हो तसर्थ महिलाले कोक्रो हल्लाउने हातले विश्व हल्लाउन सक्छन्,भाँडा चम्काउने हातले विश्व चम्काउन सक्छन् ।
मानसिक रुपमा नै महिला कमजोर हुन्छन् भन्ने पितृसत्तात्मक सोच नत्याग्ने हो भने आज पनि महिला शसक्तिकरणको कुरा नारामा मात्र कैद हुन पुग्दछन् । हामिले अध्ययन गरेको धर्म ग्रन्थको कालिको स्वरुप होस् या महिला आन्दोलनको योगमायाहरुले चलाएको आन्दोलन नै किन नहोस् महिला पुरुषको दास मात्रै हैन अवसर पाए चुनौतिको सागर पनि सहज ढंगले ढाल्न सक्छन् । राजनितिमा महिला प्रवेशलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि कमजोर छ । सोचलाई परिवर्तन गर्न पनि महिला सहभागिता माथि उठाउन र नेतृत्वदायि भुमिकामा महिलालाई अगाडि बढाउन जरुरि छ ताकि कमजोर स्थानमा राखेर राजनिति हिस्सालाई निरुत्साहित गर्नु आजको अपरिहार्य कुरा हो ।
विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि महिला र पुरुषबिच ठुलो विभेदको अवस्था प्रचलनमा रहि आएको अवस्था छ । सामाजिक, आर्थिक, शैक्षिक ,राजनैतिक , प्रशासनिक लगाएतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाले धेरै संघर्ष गरेता पनि पहुँच न्युन रहेको छ । नेपालमा कुल जनसंख्याको आधा भन्दा बढि ५०/५१ हिस्सा ओगटेका महिलाहरु राज्यका हरेक क्षेत्रमा पछाडि परेका छन् ।
परम्परागत रुपमा जातपातको भेदभाव, चाँडो विवाह ,छोराको महत्व जस्ता कारणले महिलाको अवस्था विकसित हुन सकेको छैन । भिन्नताको कारण लैंगिक असमानता ,साधन र स्रोतको अवसर आदिमा कमीका कारण महिलाहरुको स्वर निकै पछाडि परेको छ । नेपालको संविधानमा समेत महिला सम्बन्धि हक सुनिश्चित गरेको छ ।
विश्वव्यापिकरणको आजको युगमा महिलाका सर्वागिण पक्षको विकास जरुरी छ । उनीहरुमाथि हुने नितिगत र धारणागत भेदभाव र हेलाको पात्रको दृष्टिकोण हटाईनु पर्छ । यसको लागि महिला शिप जरुरी छ । जुन विनाशर्त हरेक छोरीले प्रकृति प्रदत हकको रुपमा पाउनै पर्छ । तब मात्रै वास्तविकतामा महिला शसक्तिकरण प्राप्त वा भएको मापन गर्न सकिन्छ ।
यो सबै काम सम्पन्न गर्न महिलाको सक्दो बढि राजनीतिमा सहभागिता जरुरी छ । निम्न तहदेखि उच्च तहसम्म महिलाको पहुँच उच्च हुनु जरुरी छ । यो चाहे नीति निर्माण तहमा होस् वा शासन सत्ताको तहमा किन नहोस महिलाको संख्या बढि हुनुपर्छ ।
अझै नजिकको गत स्थानिय चुनावमा महिलालाई उपप्रमुख थन्काए जस्तो गरि थन्काउदा न शसक्तिकरण प्राप्त हुने छ न त महिलाले राजनितिमा आफ्नो क्षमता देखाउन पाउने छन् । जसरी देशको कानुनले महिला र पुरुषलाई बराबर देख्छ त्यसैगरि राजनितिमा पनि महिलालाई सबै पद र पहुँचमा पुर्याउन अतिनै आवश्यक रहेको छ ।
उच्च ओहोदामा महिलाले राजनीतिमा संघर्ष गरेर पुरुषलाई पुर्यायता पनि उच्च ओहोदामा महिला सहभागिता अतिनै कम रहेको छ । पुरुषसतात्मक समाजको असर राजनितिमा पनि परेको छ । त्यसैले महिलालाई कानुनी खानापुर्ति गर्ने देखावटी पदमा पुर्याउने भन्दा वास्तविक नेतृत्वमा पुर्याउनु पर्ने हुन्छ । यसका लागि म ,तपाईं र हामि एक जुट ,एक आवाज भएर महिलालाई दयाभावना ,नातावादले होईन उनको क्षमतालाई पुरुष सरह प्रतिस्पर्धि हुने वातावरण सृजना गरौं । तब मात्र महिला सम्मान र आमा जस्तै पुजनिय हुनेछन् ।
नेपाल आमा कि जय
अभिवादन
प्रतिक्रिया दिनुहोस्