
हेटौंडा । मकवानजपुरमा आज थप ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५४ जना र १७ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि,भीमफेदीका ९ जना,मनहरीका ७ जना,मकवानपुरगढी र थाहाका २/२ जना रहेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल २ सय ७७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्