file photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा अभिनेत्री तथा नेतृ रेखा थापा पराजित भएकी छिन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार नेतृ थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

विजयी भएकी कुन्तीले २ हजार ८ मत ल्याएकी छन् भने पराजित भएकी थापाले १६ सय ४० मत ल्याएकी छन् । उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।