इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ ।

गएराती समपन्न खेलमा सिटीले वाटफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटिको जितमा बेर्नानडो सिल्भाले दुई गोल गरेका थिए भने रहिम स्टरलिङले एक गोल गरेका थिए । त्यस्तै वाटफोर्डका चुचो हेर्नानडेजले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको १५ खेलमा ३५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको भन्दा एक अंक बढी रहेको छ ।

त्यस्तै वाटफोर्डको भने यो हारपछि १५ खेलमा १३ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।