हेटौंडा । हेटौंडा स्थित वनविज्ञानमा जारी कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ ।

कांग्रेसको विधानमा सभापतिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापति पदमा पुनः मतदान हुने भएको हो ।

शनिबार भएको निर्वाचनमा सभापति पदमा उठेका तीनै जनाको ५१ प्रतिशत मत नपुग्दा पुनःनिर्वाचन गर्नुपर्ने भएको हो ।

प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढिले मत ल्याए । उनले ९९२ मत ल्याउँदा दोस्रो हुने जगदीश्वरनरसिंह केसीले ८७२ मत ल्याए भने तेस्रो हुने भिमसेनदास प्रधानले १९७ मत मात्र ल्याएका छन् ।

पुनः मतदान आईतबार आज बिहान गर्ने तयारी रहको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २ हजार १५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।