हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनको सभापतिको मतगणना केहिबेरमा सुरु हुने भएको छ । केहिबेर अघि मतदान सम्पन्न भएको छ । प्रदेशका २ हजार १ सय ५१ जना प्रतिनिधिमध्ये २ हजार ८३ जनाले मतदानमा भाग लिएका छन् ।
अबको केहि समयमा सभापतिका उम्मेद्वारहरुको मतगणना सुरु हुने बताईएको छ । सभापतिको लागि मकवानपुरका इन्द्रबहादुर बानीयाँ, नुवाकोटका जगदिश्वर नरसिंह केसी र काठमाण्डौँका भीमसेनदास प्रधान चुनावी प्रतिस्पर्धामा छन् ।