No description available.

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु भएको छ । कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको थियो । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।