हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का वर्तमान अध्यक्ष पशुपति शमशेर जबराले एकता महाधिवेशनको चुनावी मैदानबाट सामाजिक संजालमा एक टुईट गरेका छन् ।

केहिबेर अघि टुईट गर्दै जबराले आफु राजेन्द्र लिङ्देनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले आफु काँचो नेतृत्वको पक्षमा नरहेको समेत बताएका छन् ।

उनले आफ्नो नाममा सामाजिक संजालमा लिङ्देनको समर्थनमा किर्ते पोष्ट देखेको बताउँदै उक्त पोष्ट झुट रहेको बताएका छन् ।

राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राप्रपाले आज नयाँ नेतृत्व पाउँदै छ ।

भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि मतदान भईरहेको छ ।

नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन प्यानल सहित चुनावी मैदानमा रहेका छन् ।