काठमाडौं । नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन् ।

एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ ।