काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् । मतदानमा कागजी र इलेक्ट्रोनिक भोटिङ मेसिन दुवैको प्रयोग गरिएको छ ।

महाधिवेशनमा अध्यक्षको चुनावमा कागजी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग हुने छ ।

मतदानका लागि ८६ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न आधा घन्टा लाग्ने बताए । ४ हजार ३८० प्रतिनिधि रहेको राप्रपामा मतदान सकिन कम्तिमा २४ घन्टा लाग्न सक्ने छ ।

नेतृत्वका लागि फरक–फरक प्यानल बनाए थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।