हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ।

शनिबार अपरान्न ४ बजेबाट सुरु भएको मतदान राति साँडे १० बजे सम्पन्न भएको हो ।

बिहान ९ बजेबाट मतदान गर्ने कार्यक्रम तय भएता पनि मतपत्र छाप्ने काम ढिलाई हुँदा निर्वाचन करिब ७ घण्टा ढिलो सुरु भएको थियो ।

अधिवेशनमा १ हजार २४५ प्रदेश अधिवेशन प्रतिनिधि,८ सय ७६ केन्द्रीय महाधिवेशन प्रतिनिधि,१६ केन्द्रीय सदस्य र शुभेच्छुक संस्थाका १४ गरी जम्मा २ हजार १५१ जना अधिवेशन प्रतिनिधि रहेकोमा २ हजार ८३ मत खसेको छ ।

निर्वाचन समितिले केहिबेरमै मत गणना प्रक्रिया सुरु गर्ने जनाएको छ ।

नेतृत्वको लागि सभापतिमा इन्द्रबहादुर बानियाँ,जगदीश्वरनरसिंह केसी र भिमसेनदास प्रधानको उम्मेद्वारी रहेको छ ।