हेटौंडा । मदन मण्डारी लोक अन्तर्गत मकवानपुरको  हेटौंडा र बकैया जोड्ने फुर्केचौर-श्रीपुर सडकखण्ड अन्तर्गत करिब बाँकी १२ सय मिटर सडकमा आजबाट स्लाब ढलान सुरु भएको छ ।

कालिका निर्माण कम्पनीको सुन्दर दाहालका अनुसार आजबाट सुरु भएको स्लाब ढलान करिब २० दिन भित्र सम्पन्न हुने छ ।

फुर्केचौर-श्रीपुर सडकखण्डमा काठमाडौं-तराई जोड्ने फास्टट्रयाक जोडिने हुँदा उक्त सडक निर्माण हुन सकिरहेको थिएन ।

१२ सय मिटर मात्र सडक निर्माण नहुँदा उक्त सडकखण्डमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका थिए ।

अब उक्त सडक निर्माणले सहजपूर्ण यात्रा गर्न पाउने भएका छन् ।