File photo

हेटौंडा । नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७९७ जनामा गरिएको परीक्षणमा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।