हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन जारी छ । बिहिबार बाट भएको अधिवेशनको शनिबार निर्वाचन हुने छ । यो पटक निर्वाचनमा सस्थापन पक्षबाट कांग्रेस मकवानपुरका सभापति समेत रहेका इन्द्रबहादुर बानीयाँ सभापतिको उम्मेदवार सहित निर्वाचनमा होमिएका छन भने सस्थापन इतको समूहबाट उनलाई जगदीश्वर नरसिंह केसीले ‘च्यालेन्ज’ गरेका छन भने इतरबाटै भीमसेनदास प्रधानको पनि उम्मेदवारी परेको छ ।

बागमती प्रदेश सभापतिका उम्मेदवार बानीयाँले आफ्नै गृह क्षेत्रमा अधिवेशन गरेर आफुलाई थप बलियो प्रमाणित गरिरकेको समयमा सस्थापन इतरका प्रत्यासी केसीले आज नेपाली कांग्रेसका भेट्रान केन्द्रीय नेता ल्याएर हेटौँडाको रोयल पार्टी प्यालेमा शक्ति प्रर्दशन गरे । हजारौ संख्यामा प्रतिनिधिहरुको भेला गरेर केसीले शक्तिप्रर्दशन गरेका हुन् । शक्ति प्रर्दशन कार्यक्रममा केन्द्रीय पूर्व उपसभापति प्रकाशमान सिंह, पुर्व अर्थमन्त्री डाक्टर रामशरण महत, पूर्व सह–महामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गगनकुमार थापा बागमती प्रदेशका नेपाली कांग्रेसका शक्तिशाली नेताहरुको सहभागिता रहेको थियो ।

उनिहरुले भाषण गर्दै केसी नेतृत्वको प्यानललाई जिताउनको लागि अनुरोध समेत गरेका थिए । प्रकाशमान सिंहको केन्द्रीय सभापतिमा उम्मेद्वारी दिने कार्यक्रम भनिएको भएपनि बोल्ने अधिकांश वत्ताहरुले केसी प्यानको प्रचार गरेका थिए । केसी प्यानलको एकजना समर्थक प्रतिनिधिका अनुसार यो बानीयालाई देखाउन गरिएको एकप्रकारको शक्ति प्रर्दशन हो । उद्घाटन सत्रमा बानीयाले निर्वाचन आचरसंहिता बिपरित पानीको बोत्तलमा प्रचार गरेको, गायक मार्फत मत माग्ने काम गरेको भन्दै बानीयाँ प्यानललाई देखाउनको लागि पनि कार्यक्रम गरिएको उनको भनाई छ ।