राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाण्डौँमा जारी एकता महाधिवेशनमा मकवानपुरका चारजनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । मकवानपुरका चारै जनाले केन्द्रीय अध्यक्ष कमल थापाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

केन्द्रीय सदस्यको उम्मेद्वारहरुमा राजाराम बर्तौला (खुल्ला) अभिष्यक थापा (खुल्ला) राम थोकर (जनजाती) तथा रमाशंकर श्रीवास्तव (मधेशी) क्लस्टरबाट उम्मेद्वार बनेका हुन् । राष्ट्रिय अधिवेशनमा मकवानपुरकै कमल थापा र झापाका राजेन्द्र लिङ्देलको समूहबिच प्रतिस्पर्धा हुँदैछ । अधिवेशनमा भोलिबाट मतदान प्रक्रिया सुरु हुने जनाईएको छ ।