हेटौंडा । नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट आफ्नो प्यानल घोषणा गरेका छन् ।

केहिबेर अघि हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।

यि हुन् बानियाँ प्यालनका उम्मेद्वारहरु

सभापति:

इन्द्रबहादुर बानियाँ

उपसभापतिहरु:

मदन कृष्ण श्रेष्ठ,धर्मराज गौतम

महामन्त्रीहरु:

राजु श्रेष्ठ तिलक रुवाली

सह–महामन्त्रीहरु:

हरिशरण श्रेष्ठ महेन्द्र थिङ र निरु खड्का

यसअघि,बिहिबार हिजो साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल सार्वजनिक गरेका थिए ।

उनले आफ्नो प्यानलमा उपसभापतिहरुमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी,महामन्त्रीहरुमा कञ्चनबादे श्रेष्ठ र माईकल रामचन्द्र अर्याल रहेको जानकारी दिएका थिए ।