तान्जानियामा विषालु कछुवाको मासु खाएका सात जनाको मृत्यु भएको छ । मासु खाएकामध्ये ३८ जना बिरामी परेका छन् ।

बिरामी परेका तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार भइरहेको छ । तान्जानियाको जन्जिबार द्धिपको पेम्बामा बिहीबार पाँच परिवारले कछुवाको मासु खाएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

बिरामी परेका उनीहरुलाई शनिबार स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक बच्चासहित सात जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

विषालु कछुवाको मासु खाएर बिरामी परेका ३८ जनामध्ये ३५ जनाको अवस्था सामान्य छ । अस्पतालले डिस्चार्ज दिएपछि उनीहरुमध्ये अधिकांश घर फर्किसकेका छन् । f