लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा लिभरपुलले पोर्चुगीच क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लिभरपुलको जितमा थिआगो अलकानतारा र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह बि मा लिभरपुलले शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक हासिल गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै पोर्टोको भने ५ खेलमा ५ अंक रहेको छ ।