हेटौंडा । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम

२०७८ मंसिर ०९ गते (बिहिबार) 

दिउँसो : देशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।