File photo

हेटौंडा । मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार १७ जनामा गरिएको स्वाब परीक्षणमा थप ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुने ५ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । जसमा ४३ जना आफ्नै घरमा र २ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।