फाईल तस्विर

हेटौंडा । भोलिबाट चितवनमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदै छ ।

महाधिवशन नजिकिँदै गर्दा छिमेकी जिल्ला मकवानपुरका एमाले नेताहरुले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

आयोजक कमिटीका सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना देखि एमाले बागमती प्रदेश सदस्य एवं पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी दिने तयारी गरेको छन् ।

यसैगरि,एमाले प्रदेश सदस्य एवं मकवानपुर क्षेत्र नंबर १ का  प्रतिनिधि सभा सांसद कृष्ण प्रसाद दाहाल,सांसद रामचन्द्र राई,संविधान सभा सदस्य अनन्त पौडेल,सुभाष चन्द्र ठकुरी,रघुनाथ खुलालले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी दिने तयारी गरेका छन् ।

ईन्चार्ज राना र राईले जनजातीबाट सदस्यको लागि तयारी गरेका छन् भने दाहाल,ठकुरी र खुलालले खुल्लाबाट केन्द्रीय सदस्यको उम्मेद्वारी दिने तयारी गरेका छन् ।

यसैगरी पौडेलले बागमती प्रदेश भुगोलबाट र श्रेष्ठले महिलाबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिने तयारी गरेको बताईएको छ ।

महाधिवेशनमा मकवानपुर जिल्लाबाट १९ जना महाधिवेशन प्रतिनिधि बनेर चितवन जाँदैछन् । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८/८ जना,२ जना मनोनित र एक जना दलित गरेर १९ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।