file photo

जवाफदेहिता निगरानी समिति लगायतका २५ वटा संघसंस्थाले सभामुख अग्निप्रसाद सापकोटालाई १४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न इन्टरनेसनल पार्लियमेन्टरी युनियन (आईपीयू)लाई आग्रह गरेका छन्।

संस्थाहरूले बुधबार आईपीयूका अध्यक्ष डुआर्टो पाचेकोलाई ज्ञापनपत्र मार्फत यस्तो आग्रह गरेका हुन्। ती संस्थाहरूले २६ देखि ३० नोभेम्बरमा स्पेनको मड्रिडमा आयोजित सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न आग्रह गरेका छन्।

काभ्रेका अर्जुनबहादुर लामाको हत्या सम्बन्धी मुद्दाका अभियुक्त सापकोटा ‘युनिभर्सल जुरिस्डिक्सन’ अनुसार, यस्तो सभामा सहभागी हुन अयोग्य रहेको ती संस्थाहरूको ठहर छ।

मानव अधिकार तथा द्वन्द्व पीडितहरूसँग सम्बन्धित ती संस्थाहरूले स्पेनको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित स्पेनी दूतावासलाई समेत ज्ञापनपत्र मार्फत सापकोटालाई प्रवेश अनुमति नदिन आग्रह गरेका छन्।