हेटौंडा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन गरेको छ ।

आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन सहितको कार्यक्रम गरेको हो ।

हेटौंडा चौकिटोल स्थित जिल्ला पार्टी कार्यलयबाट र्‍याली सहितको नेता,कार्यकर्ताको उपस्थितिमा बुद्धचोकमा दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले विप्लव नेतृत्वको नेकपाले दलाल पूजीवादी सत्ताको विरुद्धमा वैज्ञानिक समाजवादीको लक्ष बोकेर सर्घषमा अघि बढिरहेको बताए ।

उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिक माओवादीका नेता अहिलेको जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई अलपत्र पारेर पूजीवादी सत्तामा गएपछि विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गरिएको बताए । उनले नेकपा जनताको पार्टी बन्न सफल भएको बताए । उनले हालको कांग्रेस माओवादी एकिकृत समाजवादीको गठबन्धन सरकारले राष्ट्रहित विपरित मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्न लागि परेको र त्यसको विरुद्ध आफुहरुले आवाज उठाईरहेको बताए । उनले कुनैपनि हालतमा एमसीसी पास हुन नदिने समेत उद्घोष गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी वाटर,जिल्ला सदस्य एवं नगर सेक्रेटरी सूर्य अर्याल,जनवर्गीय संगठनका ईन्चार्जहरु नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसअघि आजै विप्लव नेकपाले दिवसको अवसरमा पार्टी कार्यलयमा शुभकामना एवं चियापान कार्यक्रम गरेको नेकपा विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए ।

No description available.

उनले यसअघि पुनर्गठन दिवसको अवरसरमा मंसिर ६ गते हेटौंडामा मोटरसाईकल र्‍याली र मंसिर ७ गते “राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप” विषयक वक्तृत्वकला र जिल्लाको विभिन्न स्थानीय तहमा फुटबल खेलकुद कार्यक्रम गरिएको बताए ।