हेटौँडा । नेकपा एमालेको चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरकी भारती पाठक प्रतिनिधिमा मनोनित भएकी छिन् । एमाले बागमती प्रदेश कमिटि सदस्य समेत रहेकी पाठक सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय अध्यक्ष समेत हुन् । अनेरास्ववीयु मकवानपुरबाट राजनीति सुरु गरेकी उनलाई एमालेको केन्द्रीय समितिले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।