काठमाडौं। एक विवाह कार्यक्रममा त्यतिबेला खलबली मच्चियो जब पुलिसले बेहुलालाई गिरफ्तार गर्यो । पुलिसले बेहुलालाई विवाहस्थलबाट गाडीमा हालेर लिएर गयो । यस्तो देखेर बिहेमा आएका पाहुनाहरु जिल्ल परे भने बेहुली आफ्नो हुनेवाला पतिलाई बचाउनको लागि निकै प्रयास गरिरहेकी देखिइन् ।

डेली मिररको रिपोर्टअनुसार घटना दक्षिण अमेरिकी देश इक्वाडोरको हो । यहाँ पुलिस बेहुलालाई उनले बिहे गरिरहेकै बेला गिरफ्तार गर्न पुगेको थियो । पुलिसले उनलाई विवाह समारोहबाटै उठाए र आफ्नो साथमा लिएर जान थाले । यो देखेर आफन्त र पाहुनाले यसको विरोध गरे । बेहुली पनि पतिलाई छुटाउने कोसिस गरिरहेकी देखिइन् ।

इक्वाडोरको दक्षिणी तटीय प्रान्त एल ओरोको एल गुबाओमा भएको घटनाको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । भिडियोमा अधिकारीहरुले बेहुलालाई विवाहस्थलबाट लैजाँदै गरेको देखिएको छ । पुलिसले उनलाई आफ्नो गाडीमा बसालेर त्यहाँबाट निस्किन्छन् । यस क्रममा बेहुली रिसमा पुलिसको गाडीको पछिपछि दौडिएकी देखिएकी छिन् ।

बेहुलीलाई पुलिसको गाडीको पिछा गरिरहेको देख्न सकिन्छ । कथित रुपमा बेहुलीले पुलिसको गाडीको पिछा गर्नको लागि अर्को गाडीको प्रयोग गरेकी थिइन् । उनी बेहुलालाई छुटाउन भरपुर कोसिस गरिरहेकी देखिइन् । बेहुलीलाई आफ्ना हुनेवाला पतिलाई नलैजान पुलिसलाई चिच्याइरहेको समेत सुन्न सकिन्छ । तर, पुलिसले भने उनको कुरा नसुनी बेहुलालाई लिएर गए ।

रिपोर्टका अनुसार यी बेहुलाले नियमअनुसार आफ्नी पूर्वपत्नीलाई सम्बन्धविच्छेदपछि गुजारा भत्ता दिएका थिएनन् । पूर्वपत्नीका बच्चाको लागि पनि उनले कुनै आर्थिक सहयोग गरेनन् । यही कारण पुलिसले उनलाई पक्राउ गरेको थियो ।