नटुंगिने बाटोको गन्तव्य खोज्दाखोज्दै न फर्कने बाटोमा पुगिदो रहेछ । तर पनि गन्तव्य भेटाउछु भन्दाभन्दै तछाड र मछाड गर्दैगर्दै यात्रीहरु यात्रा गर्न नछोड्दो रहेछ । यतिकैमा गन्तव्यमा नपुगि मानिस जाँदो रहेछ । पञ्चतत्वबाट बनेको शरिर पञ्चतत्वमा हराउँदो रहेछ ।

मिठो खाने,राम्रो लाउने,ईच्छा त सबैलाई हुँदो रहेछ तर कति मिठो खाने,कति राम्रो,के मिठो के चै नराम्रो भनेर नाप्ने कुनै यन्त्र रहेनछ । मानौ एउटा साधारण गरिबले आज चौरासि व्यन्जन खाने मौका पायो भने उस्ले प्राप्त गरेको भोजनको स्वाद उसको जिब्रोमा खाउन्जेलसम्म र सन्तुष्टि होला त्यसपछि उसको ईच्छा झर्न जान सक्छ । उ भित्र त्यो भन्दा मिठो खाने ईच्छा प्रस्फुटिक हुन थाल्दो रहेछ । यो नटुड्डगिन बाटोको यात्रा हो । यसले मानिसको जीवनलाई हैरान बनाउँदो रहेछ ।

(नाना –लुगा–पहिरन–फेशन) भुख मेट्न खाना अनिवार्य भए जस्तै अङ्ग ढाक्न नाना अनिवार्य र अकाट्य हुन्छ । तर राम्रो लुगा लगाउने अथवा मंहगो र ब्रान्ड लुगा लगाउने ईच्छा प्राय प्राय सबैको हुन्छ तर एउटा गरिब मान्छेले कति मूल्यको लगाउन सक्छ त्यो हेरिदैन् रहेछ । छिमेकीले कस्तो लुगा लगाएर हिड्छ त्यो लुगा कति मूल्यको हो त्यो भन्दा राम्रो लुगा लगाउने ईच्छा गर्दो रहेछ । कस्तो लुगा लगाएपछि उसले पूर्ण सन्तुष्टि गर्छ र फेरी त्यो भन्दा पनि मूल्यवान लुगा लगाएर हिडे अर्को मान्छे बजारमा निस्के के गर्ने ? यो पनि नटुंगिने बाटोको यात्रा रहेछ । अनि फेशन को अन्तिम गन्तव्य खोज्दा खोज्दै उ पनि नफर्कने बाटोमा पुग्दो रहेछ । ईच्छै पुरा नभइ्र उसको जीवन सकिदो रहेछ ।

अतः भौतिक स्रोत र साधनबाट तृप्ती प्राप्त गर्न सकिदो रहेनछ । नटुंगिने बाटोमा यात्रा गर्नु बेकार रहेछ ।
घरमा एउटा साइकल नहुनेलाई साइकल चाहिदो रहेछ । त्यसपछि उसलाई मोटरसाइकल चाहिँदो रहेछ । मोटरसाइकल हुँदाहुँदै उसलाई गाडि चाहिँदो रहेछ । एउटा गाडिले नपुगेर त्यो घरमा दुईवटा गाडि आवश्यक हुँदो रहेछ । न टुंगिने बाटोको गन्तव्य खोज्दा खोज्दै न फर्कने बाटोमा पुगिदो रहेछ ।

खुला आकाश मुनि सडकको पेटिमा जीवन बिताउनेको लागि एउटा छाप्रो चाहिँदो रहेछ । जमिनको चिसाले भेट्ला भनेर एउटा टाँड चाहिदो रहेछ । टाँडमा सुत्दासुत्दै बिजाउँछ भनेर त्यसमाथि लुगा ओच्छ्याउन त्यसमा लुगाको आवश्यकता हुँदोरहेछ । सानो छाप्रोले नपुगेपछि अलि ठूलो छाप्रो चाहिँदो रहेछ । सानो छाप्रोले नपुगेपछि अलि ठूलो छाप्रो चाहिँदो रहेछ । अनि त्यो छाप्रोमा कोठाको खाँचो हुँदो रहेछ । अतः नटुंगिने बाटो हिड्दा हिड्दै उ नफर्किने बाटोमा पुग्दोरहेछ । भौतिक स्रोत र साधनबाट तृप्ती प्राप्त गर्न सकिदोँ रहेनछ ।


हरि प्रसाद पराजुली