नाम :- साबीत्री

उमेर:- नागरिकतामा २४ तर साँचो २६

ठेगाना:- पहिले हेटौंंडा-१२ मकवानपुर, हाल बेघर बेठेगना!

शिक्षा:- नेपाल सरकारको एसएलसी पास तर आफैले भने धेरै पढियो अनि धेरै बुझियो सिकियो

पेशा:- आफ्नै मासु बेच्ने!

लौ यो कस्तो पेशा हो? के गर्नु हुन्छ सरल र सिधा रुपमा भन्नुहोस न?

मैले सबै भर्नुपर्छ के फारममा- हो म आफ्नै मासु बेच्छु, गरिबी अभाव संग लड्ने ठूलो आधार नै मेरो मासु रैछ। मैले आत्मा पवित्र राख्नको लागि मासु बेचे, ईमान जोगाउनको लागि मासु बेच्छु। धर्म बेच्न सकिन, स्वाभिमान बेच्न सकिन।

अनि ईज्जत? – मैले ईज्जत जोगाएरै आफूलाई बेचेको छु। म जे हुँ जस्तु छु त्यस्तै बेचेको छु। खसिको मासु भनेर बाख्रिको मासु बेचेको छैन। ताजा तरकारी भनेर बासि बेचेको छैन। तँपाईको रगत खाउँ घाटामा छु भन्दै दुईगुणा नाफा राखेर वर्ग लुकाउने कात्रो बेचेको छैन। विदेश गएपछि मालामाल हुन्छ भन्दै कसैलाई सपना बेचेको छैन। तसर्थ म गर्व गर्छु मैले ईज्जत जोगाएको छु!

पेशा देह व्यापार लेखुँ त त्यसो भए! – किन? मैले कसैको शरिर कसैलाई बेचेको छैन। अनि कसरी भयो देह व्यापार? जो कसाई बिहान बेलुका कुररता पुर्वक प्राणिको हत्या गर्छ र प्राणिको शरिर बेच्छ उ होला नि देह व्यापारी त? होईन?

चितामा जलेर खरानी हुने यो मेरो शरिरले मैले गरिबी संग लडे कसरी भो देह व्यापार? हस् म त्यहि लेख्छु।

पेशा:- आफ्नै मासु बेच्ने!

ए थर सोध्न छुटेछु, थर चैं के हो नि?

(लेखक मिलन पाठक नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका छन् ।)